राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित भण्डारी सडक दुर्घटनामा परी घाइते

everest kitchen

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । २८ वर्षीया खेलाडी ललित भण्डारीलाई कञ्चनपुरमा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएपछि उनी घाइते भएका हुन ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा ट्रक र उनी सवार मोटरसाइकल एकआपसमा जुद्धा मोटरसाइकलमा सवार ललितसहित अर्का १ जना पनि घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एकआपसमा जुद्धा मोटर साइकलमा सवार उनीहरू घाइते भएको बताएको छ ।

शुक्लाफाटा नगरपालिका वडा नम्बर– १० स्थायी घर भएका राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी वर्ष २८ का ललित भण्डारी र उनका भाइ नाता पर्ने वर्ष २४ का करन ठगुन्ना सख्त घाइते भएको र क्रिकेट खेलाडी भण्डारीको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए ।

उनका अनुसार घाइतेको झलारी स्थित शुक्लाफाटा किलिकमा प्राथमिक उपचार पछी थप उपचारका लागि धनगढी रिफर गरिएको छ । ट्रकका चालक फरार रहेका छन भने र ठक्कर दिने ट्रक भने प्रहरीको नियन्त्रणमा रहेको छ ।