काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १७० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार १७० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । यो सङ्ख्याको हाराहारी केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १५ हजार ३ सय १९३ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै नेपालमा गएको २४ घण्टमा ८ सय ७९ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या बढेपनि निको हुनेकाे दर पनि बढेकोमा पछिल्लो केहिदिनमा तुलनात्मक रुप कम रहेको तथ्यांकले देखाउने गरेको छ ।
हालसम्म नेपालमा ३ सय ६० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा १५ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो केही समय देखि नेपालमा संक्रमितको मृत्युदर उच्च रहेको तथ्यांकले देखाउने गरेको छ ।