मन्त्रीपरिषद बैठकमा कुलमानको पुनः नियुक्तिको प्रस्ताव पेस भएन

everest kitchen

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक नियुक्तिबारे प्रस्ताव नै पेस भएको छैन । आजको बैठकले कुलमानलाई नै पुन:नियुक्ति गर्ने अड्कल गरिएको थियो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा भने उनको नियुक्तिको प्रस्ताव ऊर्जा मन्त्रालयबाटै गएन । उनलाई सरकारले फेरि चार वर्षका लागि नियुक्त गर्छ गर्दैन भन्ने विषय चासोका साथ हेरिएको थियो। आज मन्त्रीपरिषद बैठक बस्दै, बैठकले घिसिङको निरन्तरता र गौतम बारे निर्णय गर्ने अडकल मात्रै नभई मन्त्रालय स्रोतको समेत दावी रहेको थियो । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस भएपनि कुलमान बारे भने निर्णय नभएको हो ।

घिसिङको प्रस्ताव तयार भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव रोकेको बताएको छ । आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लिएको तर यस बारे प्रधानमन्त्रीले पछि कानुनी प्रक्रिया बुझेर गरौंला भनेपछि प्रस्ताव पेस नभएको बताएको छ ।

कुलमानलाई पुनः नियुक्ति गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको र प्रचण्ड कुलमानलाई दोहोर्‍याउने पक्षमा रहेको भए पनि प्रधानमन्त्री ओलीले रुची नदेखाएको स्रोतको दाबी छ। ओलीले सरकारले जस नपाउने र कुलमान एउटा कर्मचारीले मात्रै जस पाउने कसरी हुन्छ ? भनेर कुलमानको निरन्तरताको लागि अनईच्छुक देखिएको स्रोत बताउँछ ।

जनदबाब अनुसार कुलमानको नियुक्ति बारे प्रचण्डले दबाब दिएपनि प्रधानमन्त्री ओलीले घिसिङ नल्याउने बरु आफस अनुकुल निमित्त कार्यकारी निर्देशक तोकेर हाललाई काम चलाउन खोजेको राजनीतिक वृत्तमा आंकलन गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका वर्तमान निर्देशक कुलमान घिसिङको कार्यकाल यहि भदौ २८ गते आइतबारबाट सकिएको छ । घिसिङको निरन्तरताको लागि देशबिदेशबाट दबाब अभियान चलिरहेको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न फेसबुक समुहहरु बनाएर तथा व्यक्तिगत रुपमा सरकासंग घिसिङको निरन्तरताको लागि माग गरेका छन् ।