अनेरास्ववियु नेता तामाङद्धारा पहिरो पीडितलाई सहयोग

everest kitchen

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ का पहिरो पिडित हरुलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् । पहिरो प्रभावित क्षेत्रमा पुगेर तामाङले सहयोग गरेका हुन ।

तामाङको नेतृत्वमा पुगेका विद्यार्थी नेता कार्यकर्ताहरुले दालचामाल, लत्ताकपडा, टेन्ट, मेडिकल सामाग्री लगाएत अन्य सामाग्री हस्तान्तरण गरेका थिए । ६० थान टेन्ट, १२ थान कम्बल , १७ बाेरा चामल लगाएत अन्य मेडिकल सामाग्री बाह्रविसे नगरपालिको एकद्वार राहत वितरण निति अनुरुप सम्पुर्ण राहत सामाग्रि अनेरास्ववियूले नगरपालिकाको उपमेयर सुशिला कार्कीलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा अनेरास्ववियूका सहसंयाेजक रन्जित तामाङ संगै विद्यार्थी नेताहरू ईन्द्र भुषाल, पबन कार्की ,श्याम राेका दुतराज तामाङ,सन्जय काल्धन, प्रसुन कार्की , सागर केसी , पुजा खुसि लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

शनिबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ७ घुम्थाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता छन् ।पहिरोमा परेर २२ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । बेपत्ताको खोजि कार्य जारी रहेपनि फेला पार्न नसकिएको बताएको छ । उज्यालो नेटवर्क