मलेसियामा आज २३ जना नया बिरामी, निधन शून्य

everest kitchen

ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । यधपी अन्य दिनको तुलनामा आजको यो सङ्ख्या कम हो ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ९६९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ६ जना डिस्चार्ज भएपछि ९ हजार २०९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल ६३२ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । हिजो मात्रै मलेसियामा ३१ जनामा संक्रमण पुष्टि भएको थियो भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको थियो ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार ६३२ जनामा संक्रमण सक्रिय रहेको छ । मलेसियामा पछिल्लोपटक साबाह र केडाह लगायतका राज्यमा सबैभन्दा धेरै बिरामी फेला परेको बताएको छ । नियन्त्रण नजिक पुगेको बिरामी सङ्ख्या बढ्न थालेपछि सरकारले प्रकोप क्षेत्रमा आवागमन नियन्त्रण आदेश जारी गरेर कन्ट्याक्ट् ट्रेसिङ तथा जाँच पड्तालको काम थालिएको बताएको छ ।