गएको २४ घण्टामा १४ सय ५९ प्रकोपका बिरामी थपिए, निधन हुने ११ जना

everest kitchen
photo file

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४५९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेकोमा आज अझ बढेको देखिएको छ ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १५ हजार ७ सय ७९ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

यस्तै नेपालमा गएको २४ घण्टमा १ हजार ६२ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ४० हजार ६ सय ३८ जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या बढेपनि निको हुनेकाे दर पनि बढेकोमा पछिल्लो केहिदिनमा तुलनात्मक रुप कम रहेको तथ्यांकले देखाउने गरेको छ ।

हालसम्म नेपालमा ३ सय ७१ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ११ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो केही समय देखि नेपालमा संक्रमितको मृत्युदर उच्च रहेको तथ्यांकले देखाएको छ ।