काठमाडौं उपत्यकामा आज मात्रै ५ जनाको निधन

everest kitchen

काठमाडौं । काठमाडौं उपत्यकामा गएको २४ घण्टामा ६७६ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ । उपत्यका भित्रका काठमाडौं , भक्तपुर र ललितपुरमा गरि उक्त संक्रमितको सङ्ख्या थपिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका मात्र ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा पनि संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंकी ८६ वर्षीया महिला, ३४, ५५, ६६ र ९६ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर १ हजार ४५९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५५ हजार ७ सय ८८ पुगेको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १५ हजार ७ सय ७९ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

यस्तै नेपालमा गएको २४ घण्टमा १ हजार ६२ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ४० हजार ६ सय ३८ जना पुगेका छन । हालसम्म नेपालमा ३ सय ७१ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ११ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।