कुलमानको बिदाई लेखनाथ कोईरालालाई निमित्त कार्यकारी निर्देशक

everest kitchen
.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी मंगलबार बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।

यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले जनाएको छ । कोईरालालाई बरिस्ठताको आधारमा निमित्त कार्यकारी निर्देशक तोकिएको बताएको छ ।

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसंगै मंगलबार उनलाई एक कार्यक्रमका बीच बिदाई गरिएको छ । घिसिङको निरन्तरताको लागि देशबिदेशबाट दबाब अभियान चलिरहेको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न फेसबुक समुहहरु बनाएर तथा व्यक्तिगत रुपमा सरकासंग घिसिङको निरन्तरताको लागि माग गरेका छन् ।

यसअघि सोमबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्ने बताए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको बताएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालको पहलमा उर्जामन्त्री पुनले कुलमानको बारेमा प्रस्ताव पेस गर्ने तयारी गरेपनि प्रधानमन्त्रीले कानुन देखाउदै रोकेको स्रोतको दावी छ।