गौतम बारे अन्यौल, खतिवडाले मन्त्रीसरह सुबिधा प्राप्त गर्ने

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर युवराज खतिवडालाई मन्त्री स्तरीय सुबिधासहित प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरेका छन् । सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी विशेष सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रमको अन्त्यमा उक्त कुराको जानकारी दिएका हुन ।

यधपी मन्त्रिपरिषद् बैठकमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई सल्लाहकार बनाउने प्रस्ताव लगेकै थिएनन् । ‘वामेदव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने प्रस्ताव प्रधानमन्त्रीले अन्तिममा ल्याएको र पारित पनि भएको एक मन्त्रीले बताए । यधपी गौतम बारे प्रवक्ता ज्ञवालीले केहि खुलाएनन् ।

प्रधानमन्त्रीले आफ्नो सल्लाहकार नियुक्त गर्दा मन्त्रिपरिषद्मै छलफल गरेर अरू सदस्यको राय लिनुपर्छ भन्ने पनि नभएकोले खतिवडालाई प्रधानमन्त्रीले बिशेष सल्लाहकार नियुक्त गरेको बताएको छ । प्रधानमन्त्री ओलीले खतिवडालाई राष्ट्रियसभामा पुनः नियुक्ति दिएर मन्त्री बनाउने चाहेको तर पार्टीले नमानेपछि गौतमलाई राष्ट्रियसभामा लिन बाध्य भएको एक नेकपा नेताले बताए ।

खतिवडा निकट केहि नेताहरुका अनुसार ” खतिवडाको सरकारमा महत्त्वपूर्ण भूमिका रहनेछ । यसअघि दुई वटा मात्रै मन्त्रालय चलाएका खतिवडाले २२ वटै मन्त्रालयलाई चलाउने छन् । खतिवडा प्रधानमन्त्रीका भरपर्दा र विश्वासिलो पात्र हुन ।