राजेश पायल राईको स्वर र अभिनय रहेको ‘मेरो प्यारो बाबा’ सार्वजनिक

everest kitchen

काठमाडौं । भर्सटायल गायक राजेश पायल राईको स्वरमा सजिएको ‘मेरो प्यारो बाबा’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो उत्तम राईको अफिसियल युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो ।

उत्तम राईको उत्कृष्ट शब्द अनि संगीतमा तयार भएको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा साजन शाहले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा स्वयम् गायक राजेश पायल राईको अभिनय देख्न सकिन्छ । गीतमा एउटा सन्तानले आफ्नो बाबा प्रतिको माया र बाबाले आफ्नो सन्तानको लागि गरेको संघर्षलाई प्रस्तुत गरिएको छ । यस गीतको भिडियो निर्देशन, छायांकन एवं सम्पादन पत्रकार विशाल राईले गर्नु भएको हो ।