भुकम्पको केन्द्रमा रहेका बस्तीहरु सारौं : नेता शर्मा

everest kitchen

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा “प्रभाकर”ले भुकम्प केन्द्रबिन्दु परेका सबै वस्ती सार्नुपर्ने बताएका छन ।

नेता शर्माले सामाजिक सञ्जाल फेसबूकमार्फत सो कुरा बताएका हुन । उनले लखेका छन् ,“अब धेरै भयो ! सिन्धुपाल्चोकका जनतालाई कतिन्जेल भुकम्पको त्रास र पहिरोको जोखिममा बस्न बाध्य पार्ने । मनोबैज्ञानिक भय र जुकजुकी बाट समेत मुक्त गर्न भुकम्प केन्द्रबिन्दु परेका सबै वस्ती सारौं ।

यसअघि २०७२ सलाको भुकम्पको प्रभावमा परेको सिन्धुपाल्चोक पटकपटक प्राकृतिक विपत्ति भोगेको छ । यो वर्ष मात्रै सिन्धुपाल्चोकमा करिब १ सयबढिले बाढी पहिरोबाट ज्यान गुमाएका छन् । आज बिहान मात्रै सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । करिब ६ रेक्टर स्केलको आसपास भुकम्प गएको केन्द्रले जनाएको छ ।