आलु र प्याज कालोबजारी गर्ने काठमाडौं कोटेश्वरका तीन व्यापारीको कारोबार रोक्का

everest kitchen

काठमाडौं । काठमाडौं महानगरपालिकाको संयोजकत्वमा आज कोटेश्वरको तरकारी बजारमा अनुगमन गरिएको छ । आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कोटेश्वर तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको हो।

काठमाडौंको कोटेश्वर स्थित तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको भेटिएपछि उनको कारोबार रोक्का गरिए छ । त्यस्तै उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएर राखेको भेटिएको अनुगमनमा गएका उपभोक्ताकर्मीले जानकारी दिए ।

यस्तै कोटेश्वरकै दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४० देखि १ सय ५० मा बिक्री गरेको पाइएको बताएको छ । उनले केहिदिन अघि ७० रुपैयाँ सम्म किनेको प्याज तीन गुणा महङ्गोमा बिक्रीवितरण गर्ने गरेका थिए ।

ती तीनैजनाको कारोबारमा गलत तरिकाले गरेको पाईएकोले ‘अर्को निर्देशन जारी नभएसम्म तीनै जनाको कारोबार रोक्का गरिएको कालोबजारी गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन अनुरूप कारबाही हुने विभागले बताएको छ।