नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्य हुने ईच्छा पुरा

everest kitchen
वामदेव गौतम । फोटो फाइल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस शितल निवास पठाएको थियो। सोहि ‘सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेकी हुन ।

यसअघि राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद खतिवडाको कार्यकाल सकिएपछि गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको थियो । प्रधानमन्त्री ओलीले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउन चाहेका थिए । त्यही भएर प्रधानमन्त्री ओलीले सांसद नरहेपनि खतिवडालाई ६ महिनासम्म मन्त्री बनाएका थिए

यधपी फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमको नाम पठाउन निर्णय गरेपछि प्रधानमन्त्री केपी ओलीले उनको नाम सिफारिस गरेका थिएनन्। तर उनले चाहेका खतिवडालाई मन्त्री स्तरीय सुबिधासहित आफ्नो बिशेष आर्थिक सल्लाहकार नियुक्त गरेपछि गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरेका हुन ।