सुरेन्द्र महतो
जनकपुर । भारत बाट नेपाल सरकारले खरिद गरेको दुईसेट रेल शुक्रबार दिउँसो जनकपुरमा रेल विभागलाई कम्पनीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।
बिहीबार साँझ रेल भारतको जयनगर आई सकेको छ पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्था देखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको छ। रेल सेवा सञ्चालनका लागि कर्मचारी भर्ना लिन विभागले आवेदन आह्वान गरिसकेको छ।
भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ। जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ।लवि.स. १९९४ सालमा जनकपुर–जयनगर रेल सेवा सुरु भएको थियो। अंग्रेजहरुले नेपालबाट काठ ढुवानी गर्न भारतको जयनगरदेखि बिजलपुरासम्म रेल चलाएका थिए।
पछि जनकपुरदेखि जयनगरसम्म मात्र रेल्वे सेवा सीमित भयो। पूर्वी क्षेत्रमा जनताका लागि एक मात्र यातायातको साधनको रुपमा रहेको जनकपुर जयनगर रेल्वे सेवा झण्डै ७ वर्षअघि बन्द भएको थियो। ब्रोडगेज रेल सेवा २०७५ को मंसिरदेखि नै सञ्चालन गर्ने तयारी गरेपनि विभिन्न कारणले अहिलेसम्म सञ्चालन हुन सकेको छैन।