असोज ३ गते जनजातिहरुको कालो दिन : जनजाति महासंघ मलेसिया

everest kitchen

 

काठमाडौ । आज असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउन जनजाति महासंघ मलेसियाले आदिवासी जनजाति समुदाय तथा सरोकारवालाहरूसँग आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रहसहित जनजातिको माग सम्बोधन गर्न माग गरेको हो ।

२०७२ असोज ३ गते नेपालको संविधानसभाबाट नेपालका आदिवासी जनजातिहरुको प्रमुख मुद्दाहरुलाई बेवास्ता गर्दै जारी भएको नेपालको संबिधान आजको मितिसम्म पनि नसच्चिएको भन्दै जनजातिको मुद्दालाई संबोधन गर्न सरकार संग संघले माग गरेको छ ।

उसले विज्ञप्तिमा भनेको छ,”नेपालको जनसंख्याको ३७ प्रतिशत ओगटेको आदिवासी जनजातिहरुको माग जातीय पहिचान सहितको संघीयता , सामुहिक र आत्मनिर्णयको अधिकार सहितको स्वशासन / स्वायत्तता , राज्यका हरेक अंगमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशिता , स्वायत्त , संरक्षित र विशेष क्षेत्रहरूको सुनिश्चितता , बहुभाषिकताको कार्यान्वयन , परिभाषा बिनाको धर्मनिरपेक्षता , भूमि र प्राकृतिक श्रोत साधन ( जल , जमिन , जंगल ) माथि आदिवासीको अग्राधिकार लगायत मुद्दाहरू संविधान संशोधन बाट समेटिनु पर्ने अझै नसमेटिएकोले असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने बताएको छ ।