काङ्ग्रेस महामन्त्री कोइराला निको भई घर फर्के

everest kitchen

काठमाडौ । कोरोना पोजेटिभ भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।

गत भदौ २२ गते ज्वरो आएर ओम अस्पताल भर्ना भएका कोइरालाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि उनी अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए। चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम-आइसोलेसनमै रहने उनले बताए ।

स्वास्थ्यमा क्रमिक सुधार आएसँगै चिकित्सकसँगको परामर्शमा डिस्चार्ज भएको उनले बताए । महामन्त्री कोइरालाले आफ्नो उपचारमा संलग्न चिकित्सक टिम र आफ्नो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

कोइरालाको ११ औं दिनका दिन हिजो स्वाब संकलन गरिएको थियो । सात गते पुनः स्वाब परीक्षण गरिने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । कोइराला आफैपनि स्वास्थ्य क्षेत्रका डाक्टर हुन ।