आज मलेसियामा निकाे हुने बिरामी ५१ जना, नया बिरामी २० जना

.

ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको घट्दो सङ्ख्या हो ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२९ रहेकाे छ भने १० हजार १६७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ५१ जना डिस्चार्ज भएपछि ९ हजार ३१५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल ७२२ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार ७२२ जनामा संक्रमण सक्रिय रहेको छ । नियन्त्रण नजिक पुगेको बिरामी सङ्ख्या बढ्न थालेपछि सरकारले प्रकोप क्षेत्रमा आवागमन नियन्त्रण आदेश जारी गरेर कन्ट्याक्ट् ट्रेसिङ तथा जाँच पड्तालको काम थालिएको र नियन्त्रण उन्मुख रहेको बताएको छ ।