सरकारमा लविङ गरेर जाने होइन इमानदार जानुपर्छ : सांसद भवानीप्रसाद खापुङ

everest kitchen

काठमाडौं । असोजको पहिलो सातासम्म केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर हुन सक्ने हल्लाहरूको बिचमा सांसदहरू पनि मन्त्री पाउनुपर्ने लविङमा छन् । यस्तैमा मन्त्रालय तथा सिंगो मुलुक चलाउन लविङमा लाग्ने होइन, इमान्दार हुनुपर्छ भन्ने आवाज तेह्रथुमबाट प्रतिनिधित्व गर्ने संघीय सांसद भवानीप्रसाद खापुङले आवाज उठाइरहेका छन् ।

मन्त्री बन्नको लागि सौदाबाजीसमेत हुने गरेको समाचारहरू पनि आउने गरेको र यसरी मन्त्री हुनेले जनताको लागि केहि गर्न नसक्ने खापुङको तर्क छ । खापुङ स्वयं पनि अब मन्त्रीपरिषद हेरफेर भयो भने मन्त्रीको आकांक्षी पनि हुन । उनको नाम नेकपा भित्र मन्त्री बन्ने लाईनमा रहेको बताईन्छ । इमानदार र स्वच्छ छबिका उनलाई मन्त्री बनाउन उपयुक्त हुने पार्टी भित्र आवाज उठेको पनि बताईन्छ ।

जनताले मत नदिएर पराजित भएका नेताहरूलाई नियममा नभएपनि सांसद बनाएर अवसर दिइरहेको इमान्दार छविका खापुङलाई भने अवसरबाट पटकपटक वञ्चित गराइएको खनपुङ निकट एक नेताले बताए । स्वयं खापुङ पनि निरन्तर पार्टी, जनता र जिल्लाको रेखदेखमा रहने खापुङले कतै लविङ नगर्नु, प्रमुख नेतृत्वसँग नजिक नरहनुको कारण नै अवसरबाट वञ्चित गराइएको हो भनेर निर्धक्क बताउँछन् । नेतृत्वसँग नजिक रहेर होइन, नेतृत्वले जनताको प्रतिनिधिहरूको काम हेरेर अवसर दिनुपर्छ भन्ने जोडदार माग खापुङले उठाउन थालेका छन् ।

को हुन खापुङ

हालको मेन्छ्यायेम गाउँपालिका वडा नं. ६ निवासी भवानीप्राद खापुङले विसं. २०३६ को विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा सक्रिय भएका हुन् । २०५२ सालमा महेन्द्र मोरङ क्याम्पस, विराटनगरको स्ववियू सदस्यमा अनेरास्ववियूबाट निर्वाचित भएका खापुङ २०५० सालदेखि नै पार्टीको सम्पर्कमा रहेका थिए ।

२०५४ सालमा तेह्रथुम जिल्लाको पार्टी इलाका सदस्य, ०५७ सालमा जिल्ला सदस्य र ०४५ सालमा जिल्ला कमिटि सचिव भएर पार्टीको जिम्मेवार बन्दै गएका हुन् । तेह्रथुम जिल्लाको पाँचौ, छैटौ, सातौ अधिवेशनमा लगातार सचिव भएर नेतृत्व गरिरहे भने पार्टीले अध्यक्षीय प्रणालीमा लगेपछि ०६४ सालको आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका थिए । पार्टीको छैटोदेखि नवौं राष्ट्रिय महाधिवेशनमा जिल्लाको तर्फबाट प्रतिनिधि बनेका खापुङले नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका थिए । जसमा झिनो मतले पराजित भए ।

वि.सं. २०४५ सालको स्थानीय निर्वाचनमा तत्कालिन मोराहाङ गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए । ०६५ सालको पहिलो संविधानसभाको उम्मेद्वार बनेका खापुङ त्यस चुनावमा पराजित भएका थिए । २०७० र ७५ मा भने निर्वाचित भएका खापुङ हालसम्म संघीय सांसद रहेका छन् ।