नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रीपरिषद फेरबदल बारे छलफल

everest kitchen

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आइतबार पेरिसडाँडामा बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल भएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भए पनि कुन कुन मन्त्रीलाई हटाएर क–कसलाई पठाउने भन्नेबारे नाममा भने छलफल भएन। ‘मन्त्रिपरिषद पुनर्गठनबारेमा आजको सचिवालय बैठकमा छलफल भयो, । ‘मन्त्रिपरिषद पुनर्गठनबारे नीतिगत रूपमा र मापदण्डबारे छलफल सुरू भएको छ। नामबारे छलफल भएन श्रेष्ठले भने ।

पार्टीबाट नयाँमन्त्री बारे सिफारिस र आवश्यकता बारे छलफल हुदै जाने र आवश्यकता परेमा नामबारे प्रधानमन्त्रीसँग पछि यसबारे छलफल गर्ने उनलेे बताए ।
त्यस्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा आजको बैठकमा छलफल भएको थियो ।

सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको थियो । बैठकमा सम्मान कुर्सी र गोलाकारमा दुरि कायम गरेर व्यवस्था मिलाएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।