६४ हजारबढी प्रकोप बिरामी हुदा ४६ हजारबढी निको भए

photo file

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३२५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ३२५ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ४ सय ७८ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

यस्तै नेपालमा गएको २४ घण्टमा ९६६ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या सङ्ख्या स्थिर अवस्थामा रहेको छ ।

हालसम्म नेपालमा ४ सय ११ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा १० जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो केही समय देखि नेपालमा संक्रमितको मृत्युदर उच्च रहेको तथ्यांकले देखाएको छ ।