पुर्व जानकारी विना विद्युत सेवा नियमित नभए मन्त्रालयमा खबर गर्न आग्रह

everest kitchen
प्रतीकात्मक तस्बिर

काठमाडौ । उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयले कुनै जानकारीबिना विद्युत सेवा नियमित नभएमा खबर गर्न आग्रह गरेको छ। पुर्व जानकारी विना विद्युत कतौटी भए खबर गर्न उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिएका हुन ।

सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के. भी. प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्व सूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको सन्दर्भमा भ्रम उत्पन्न हुन गएको उल्लेख गर्दै भट्टले उक्त जानकारी दिएका हुन ।

उनका अनुसार पूर्व सूचना बिना लोडसेडिङ भएमा उर्जामन्त्री वर्षमान पुनको सचिवालय र विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न भट्टले आग्रह गरेका छन् । भट्टले सोमबार एक फेसबुक स्टाटस लेख्दै यस्तो जानकारी दिएका हुन ।