‘हिम चितुवा’ उपनाम पाएका आङरिताको निधन

everest kitchen

काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो ।

उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।
१० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । उनको अन्त्यष्टि धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिए ।

शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए। अक्सिजनबिना नै उनले १० पटक सगरमाथाको सफल आरोहरण गरेकै कारण उनलाई हिउँ चितुवाको नामले चिनिने गरिएको हो। उनी विगत केही वर्षदेखि बिरामी भएर थलिएका थिए।