रुकुम, खानीडाँडा सहित विभिन्न १० स्थानमा नेपाल वायुसेवा निगमको उडान सुचारु

everest kitchen
रुकुमको सल्ले विमानस्थल । फोटो : खेम मान खड्का 

काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान सुरु भएसंगै नेपाल एयरलाइन्सले पनि विभिन्न स्थानको लागि टिकट खुल्ला गरेको छ । असोज ५ गते देखि संचालन गर्ने नेपाल सरकारको निर्णयसँगै निगमले पनि उडान तालिका तय गरेको हो ।

असोज ५ देखि निगमले पुरानै भाडादर अनुसार आन्तरिक तर्फको उडान सुरु गरेको छ । भाडादरमा सामान्य अवस्थामा जस्तै लागु गरेर उडान सञ्चालनमा ल्याएको हो । निगमका उडानमा रहेका दुई ओटा ट्विनटर जहाज भएको एयरलाइन्सले पालैपालो उडान गर्ने भएको छ ।

निगमको तालिकाअनुसार रुकुम, जुम्ला, नेपालगन्ज, भोजपुर, दाङ, फाप्लु, थामखर्क, बाजुरा, खानीडाँडा, ताप्लेजुङ लगायतका स्थानहरुमा दुई जहाजहरुले उडान सेवा दिनेछन् ।