सिफारिस : पुष्कर अथक रेग्मी

everest kitchen
पुष्कर अथक रेग्मी

लघुकथा : सिफारिस

पुष्कर अथक रेग्मी

सिफारिस १.
“सम्मानित एवं पुरस्कृत व्यक्तित्वहरूको नामवली गोप्यनै राखौं” भनी बैठक टुंगियो । बैठकमा चर्को बिरोध गर्नेलेनै पुरस्कृत व्यक्तित्वलाई फोन गर्यो, ” ल बधाई छ ! मेरै सिफारिसमा हजूरलाई सम्मान गर्ने निर्णय भएको छ ।”
“के हुन्छ त सम्मानमा ” प्रश्न अायो “हजूरलाई दोसल्ला ,सम्मान पत्र र नगद पुरस्कार अरूलाई सम्मान पत्र र खादा मात्रै हो । “सिफारिसका लागि धन्यवाद !”प्रत्युत्तर अायो ।

सिफारिस २.
सिफारिस समितिका संयोजकले सम्मानित एवं पुरस्कृत व्यक्तित्वको नामावली निर्णयार्थ प्रस्तुत गर्दा उस्ले भन्यो, “सिफारिस अाफ्नो मान्छेको होइन ,योगदानमा अाधारित हुनुपर्छ ।सिफारिसमा सम्मान पुरस्कार दिन पनि हुदैन र लिन पनि हुदैन् । “बैठक सकिएपछि उस्ले संयोजकलाई सुटुक्क भन्यो,”तपाई धेरै संस्थामा हुनुहुन्छ, यसो कुनै संस्थाबाट मलाई पनि सम्मान पुरस्कारको लागि सिफारिस गर्नु भए पनि त हुन्छ नि ! ”

सिफारिस ३.
“स्थानीय होस या राष्ट्रिय अचेल सम्मान पुरस्कार सस्तो भएको छ ।योगदानको कुनै कदर छैन् ।सिफारिसका अाधारमा जस्तालाई पनि दिईन्छ।सिफारिसमा पर्न अाफ्नो मान्छे हुनुपर्छ ।यस्तो सिफारिसको सम्मान पुरस्कार लिनु भन्दा नलिनुनै बेश हुन्छ ।” उसले बेला बेलामा यस्तै भाषण गर्दै अाएको छ ।अहिले उ अाफै सिफारिसमा परेर सम्मानित एवं पुरस्कृत भएको छ ।अब हेर्न बाँकी छ – अाफ्नाले सिफारिस गरेर पाएको यो सम्मान तथा पुरस्कार उस्ले लिन्छ या लिदैंन ?

(पाल्पा )