अछामका १० घरपरिवारलाई सुदूरपश्चिमेली समाजको राहत

everest kitchen

अछाम । कोरोना भाईरस कोभिड १९ को कारण खानको लागि समस्या खेपि रहेका अछाम चौरपाटि गाउँपालिका अन्तगर्त विभिन्न वडाहरुका १० घर परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान अर्थात सुदूरपशिमेली आपतकालिन राहत कोष मार्फत खाद्यान्न (चामल ,दाल ,तेल ,नुन ) सामग्री वितरण गरेको छ ।

विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र स्वास्थ्य,शिक्षा लगायत विभिन्न परोपकारी कार्यको लागी सुदूरपश्चिमेली नेपाली समाजहरु, कुबेत, कतार, डेनमार्क, युरोप, भारत, मकाउ, ईजरायल, अमेरिका, मलेसिया, युएई, अस्ट्रेलिया, क्यानडा पोर्चुगल, कोरिया, बहराइन, जापान, र साउदी अरबिया लगायत मुलुकमा स्थापना भएका सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत समस्यामा परेका परिवार हरुको समस्यालाई मध्यनजर गर्दै वर्तमान परिस्थितिमा आवश्यक खाद्यान सामाग्रीहरु हस्तान्तरण गरेको केन्द्रिय अध्यक्ष धन बहादुर बलायरले बताउनु भयो।

चौरपाटि गाउँपालिका अध्यक्ष एव गाउँपालिका स्तरिय कोरोना रोकथाम नियन्त्रणका संयोजक हर्क बहादुर साँउद, गाउँपालिका उपाध्यक्ष माया कुँवर, सुदूरपश्चिमेली नेपाली समाज भारत महाराष्ट्र राज्य सल्लाहकार प्रेम बहादुर खड्का , समाजसेबि राम बहादुर आउजी, राम बहादुर थापा ,गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्ध सुनार, गाउँपालिका अपरेटर कालु बोहोरा ,वडा अध्यक्षहरु शालिभान साउद,राम बहादुर साउद,हर्क लुहार,मने साउद, लगायत स्थानीय बासिहरुको रोहबरमा सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त खाद्यान्न सामग्री वितरण गरेको केन्द्रिय महासचिव दिलेन्द्र प्रसाद जोशीले बताउनु भयो ।

यस परोपकारी कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने साथै स्थानिय तहमा सक्रिय भूमिका निर्वाह गरि सहयोग पुर्याउने सुदुर पश्चिमेली नेपाली समाज भारत महाराष्ट्र राज्य वरिष्ठ सल्लाहकार प्रेम बहादुर खड्का , संचारकर्मी, स्थानिय जनप्रतिनिधि,लगायत सम्पुर्णलाई समाजले धन्यवाद ज्ञापन समेत गरेको केन्द्रिय द-एसिया संयोजक एव प्रचार प्रसार प्रमुख दिनेश खड्का’खप्तडी’ले जानकारी दिनुभयो ।