जनक र दिपक बमको पहलमा दार्चुलाका पहिरो पिडितलाइ २ लाख ६५ हजारबढी आर्थिक सहयोग

everest kitchen

समीर मल्ल

काठमाडौं । अबिरल बर्साका कारण सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको दुहु गाउपालिका-३ को सल्लेखेतिमा मङ्गलबार गएको पहिरोमा परि ज्यान गुमाएका मृतक रामदत्त जोसीको परिवार र पहिरो पडीत अन्य परिवारलाई आर्थिक सहयोग गरिएको छ । पहिरोमा ५० वर्षीय रामदत्तसंगै उनकी ४५ वर्षीयश्रीमती ईन्द्रा जोसीको निधन भएको थियो ।

व्यवसायी तथा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका सल्लाहकार जनक बम ठकुरी र हाम्रो नेपाल हामी नेपालि अभियानका केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय कमिटी संयोजक दिपक बम ठकुरीको पहलमा एकमुष्ट २ लाख ६५ हजार ९२ रुपैयाँ पीडित परिवारहरु हस्तान्तरण गरेको बताएको छ ।

जोसी परिवार बसी रहेको घरको माथिबाट पहिरो खस्दा जोसी दम्पती ज्यान गुकाएका हुन भने पशु चौपाया र पुर्ण रुपमा क्षति भएको अभियन्ता तथा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका सल्लाहकार जनक बम ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार जोसी दम्पतीको छोरा सुनिल र छोरी कन्नलत्ता भने सकुशल रहेका छन् । उनीहरूलाई सहयोग अभियानको तर्फबाट १ लाख ७१ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरिएको हो ।

त्यस्तै सोही पहिरो पीडित प्रजित बोहराको परिवारलाई ४१ हजार ७ सय ६० रुपैयाँ र केशव बहादुर बमको परिवारलाई ५१ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरिएको अभियान्ता दिपक बम ठकुरीले बताए । उनका अनुसार पहिरो पीडितलाई क्षतिको विवरण अनुसार सहयोग गरिएको थियो । त्यस्तै सो रकम वितरण गर्दा उपस्थित अभिभावक र पदाधिकारीको खर्च रकम ३ हजार रुपैया पनि उपलब्ध गरिएको थियो ।

साथै उक्त सहयोग संकलन अभियानमा सहयोग गर्ने गैरआवासिय नेपाली संघ मलेसिया , सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया , जनसम्पर्क समिती मलेसिया लगायतका विभिन्न संघसंस्था, सहयोगी नेपाली श्रमिक र ब्यबसायीलाई सहयोग अभियान्ता टोलीको तर्फबाट धन्यवाद दिन चाहेको अभियान्ताहरु दिपक र जनकले उल्लेख गरेका छन् ।