टाइगर योङ्ग स्टार क्लब मलेसियाद्धरा राहत कोष स्थापना

everest kitchen

मलेसिया । टाईगर योङ्ग स्टार क्लब मलेसिया द्वारा राहत संकलन अभियान चलाइ दैबिक प्रकोप पीडित तथा अनाथ असायलाइ सहयोग गर्ने उदेश्यले राहतकोष खडा गरेको छ । क्लबले करिब ७४ हजार ५ सय रुपैयाँ बराबरको रकम संकलन गरेको हो ।

टाईगर योङ्ग स्टार क्लब मलेसियाका अध्यक्ष डिएस थापा र सचिव कृष्ण थापा को पहलमा मलेसियामा गरिएको राहतकोष संकलन गरीएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाका अनुसार करिब ७४ हजार ५ सय रकम जम्मा भएको र अरु थप हुने क्रममा रहेको छ ।

संकलित उक्त रकम विभिन्न कारणले पीडित, अनाथ बालबच्चाहरू, दैबिप्रकोप पीडित हरुलाइ, उपचारखर्च अभाव झेलिरहेका कम्जोर आर्थिक स्थिति भएका बिरामि हरुलाइ सानोतिनो भएपनि सहायता गर्ने प्रयास रहेको क्लबले जानकारी दिएको छ । साथै क्लबले सहयोग अभियानमा जोडिएर सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएको छ।