चीनले नेपाली भूमि अतिक्रमण गरिएको छैन : चिनियाँ दुतावास

everest kitchen

काठमाडौं । चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको जनाएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले विज्ञप्ती जारी गर्दै चीनले नेपालसँगको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको दाबी गरेका छन्।

नेपालका सञ्चारमाध्यमहरुमा हुम्लाको लाप्चास्थित नेपाली भूमिमा ९ वटा भवन चीनले निर्माण गरेको खबर आएसँगै यस्तो प्रतिक्रिया आएको हो।‘चीन र नेपाल मैत्री छिमेकी हुन्। चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ’, दूतावासले भनेको छ, ‘सञ्‍चारमाध्यमले उल्लेख गरेका भवनहरू चीन-नेपाल सीमानाको चिनियाँ भूभागतर्फ रहेको प्रमाणित गरिएको छ।’चीनले ती भवन निर्माणको स्थानबारे प्रमाणित गर्न पनि नेपाली पक्षलाई आग्रह गरेको छ। ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्दछ।

चीनले हुम्लाको नाम्खा गाउँपालिकास्थित लाप्चामा ९ वटा भवन निर्माण गरेको खबरपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलि उक्त स्थानमा पुगेको थियो । उक्त टोलिमा सामेल हुम्लाको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु बहादुर तामाङका अनुसार चीनले नाम्खा गाउँपालिका स्थित लाप्चामा ९ वटा भवन निर्माण गरेको छ ।

त्यहा पुगेको नेपाली टोलीलाई चिनियाँ सेनाले माइकिङ गर्दै हट्न दबाब पनि दिएको थियो। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीलाई चिनियाँ सेनाले उक्त भूभाग आफ्नो नक्सामा कायम रहेको र यहाँबाट नेपाली भूमि एक किलोमिटर पर रहेको जवाफ दिएको बताएको छ।

चीनले पनि सिमा अतिक्रमण गरेको खबर बाहिरेसंगै काठमाडौं स्थित चीनिया राजदुतावास अगाडि नेपाली युवनहरुले स्वतन्त्र रुपमा प्रदर्शन गरेका थिए । गो ब्याक चाईना लेखिएका प्लेकार्ड बोकेर बिरोधमा उत्रेका उनीहरूलाई प्रहरीले तितरबितर पारेको थियो ।