कालोबजारीबाट बरामद प्याज प्रति केजी ६० रुपैयाँमा बिक्री गरिने गरिने

everest kitchen

काठमाडौं । सरकारले कालोबजारी गर्ने व्यापारीहरूबाट बरामद गरेको करिब १२ हजार केजी प्याज बिहीबारदेखि विक्रीवितरण गरिने भएको छ। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायीसहित मंगलबार बसेको बैठकले बुधबारबाट बिक्री गर्ने निर्णय गरेको साथै उक्त प्याज ढुवानी लागत र प्याकेजिङ्गसहित प्रतिकेजी ६० रुपैयाँको दरले उपभोक्तालाई बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभागका विभागीय प्रमुख शर्मिला सुवेदीले बताएकी छिन् ।

बजारमा प्याजको भाउ अत्याधिक बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अनुगमन गर्ने क्रममा कालोबजारी गरेको भन्दै कालीमाटी र बल्खुमा रहेका दुईवटा पसल शिल गरिएको थियो । त्यस्तै कोटेश्वरमा पनि तीन पसलको कारोबार रोक्का गरिएको थियो ।