भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोनाको कारण निधन

everest kitchen

ऐजेन्सी । भारतका केन्द्रीय रेल राज्यमन्त्री ६५ वर्षीय सुरेश अङ्गडीको कोरोना भाइरस संक्रमणबाट बुधबार निधन भएको छ। उपचारका क्रममा उनको एम्स अस्पतालमा निधन भएको हो। उनलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा बुधबार अंगडीको ज्यान गएको हो । उनी भारतका पहिला केन्द्रीय मन्त्री हुन्, जसको कोरोना भाइरसका कारण ज्यान गएको छ । यसभन्दा पहिले नै तीन जना सांसदको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।अंगडीको मृत्युप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकले एक असाधारण कार्यकर्ता गुमाएको बताएका छन् ।

प्रधानमन्त्री नरेंद्र मोदीले ट्वीट गर्दै भनेका छन्– ‘श्री सुरेश अंगडी एक असाधारण कार्यकर्ता थिए। जसले कर्नाटकमा पार्टीलाई मजबूत बनाउनको लागि कडा मेहनत गरे । उनी एक समर्पित सांसद र प्रभावशाली मन्त्री थिए । सबैतिर उनको प्रशंसा हुने गरेको थियो । उनको निधन दुःखद् छ । यस दुःखको घडीमा मेरो भावना उनको परिवार र मित्रजनको साथमा छ ।