हिमाल आरोहण गर्न बहराइनका राजकुमारसहितको टोली लुक्लामा

everest kitchen

काठमाडौं । कोरोनाको कारण लामो समयदेखि प्रभावित नेपालको पर्यटन क्षेत्र प्रभावित छ । प्रकोपको प्रभावसंगै नेपालमा जारी लकडानले अस्तव्यस्त पर्यटन गतिविधि अघि बढ्न नसके पनि यसलाई विस्तारै अघि बढाउने हेतुले यस क्षेत्रमा सरकारले खुला गरेको छ ।

यस्तैमा लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ । यो टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा समेत सहभागी छन् । राजकुमारसहितका ५ जना कैलाश हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए ।

टोलीका अन्य सदस्य, गाइड तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका छन् । नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो । उनीहरू सरकारले तोकेको मापदण्ड पुरा गरेर नेपाल आएका हुन ।