दुबईमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन कलैयाका मेयर यादवको पहल

everest kitchen

बारा । कलैया उपमहानगरपालिका वडा न.९ रामपुर बस्ने शिव बच्चन रौनियार र उनका साथै अरु चार जना गरि ८ महिना अगाडि वैदेशिक रोजगारीको शिलसिलामा दुवईको युएईमा पुगे । उनीहरुले घरबाट कर्जा तथा पैँचो लिई काम गर्नका लागि पुगे तर त्यहाँ पुग्दा उनीहरुले सुरु सुरुमा २ घण्टा मात्र काम पाए।

त्यसपछि उनीहरूलाई रोजगार कम्पन्नीले कामबाट निकालिदिए बिगत ६ महिनादेखि उनीहरू युएईमा अलपत्र परेका छन। उनिहरुलाई दलालले एउटा काम भनेर अर्कै काममा लगाएका कारण उनीहरू त्यो काममा गर्न नसकेका कारण कम्पनीले निकालि दिएको परिवारजनले बताएका छन ।

अलपत्र परेका रौनियार सहितको टोलिले बारम्बार विविसी समाचार र न्युज २४ च्यानलबाट उदार गर्ने भनि डकुमेन्टरी आए पनि हालसम्म उदार नभएको गुनासो गरेका थिए। उनीहरु दूई पटक एरपोर्टबाट फिर्ता जानु परेको तर घर समेत आउन नसकेको गुनासो गरेका थिए।

उनीहरुले विभिन्न सामाजिक सन्जाल मार्फत आफ्नो उद्दारका लागि गुहार गर्दा समेत मदत नपाएको पनि आरोप लगाएका हुन। त्यसैगरी एमबेसीमा समेत सम्पर्क गर्दा पनि कुनै सहयोग नभएको तथा आफू मधेसी भएकै कारणले विदेशमा समेत हेपिएको आरोप रौनियारको छ।

ईनि जानकारी विभिन्न स्रोतबाट पाए पश्चात हाल आएर कलैया उपमहानगरपालिकाको मेयर राजेश राय यादवले स्वदेश फिर्ताको लागि प्रयास गरेका छन ।कलैया उपमहानगरपालिका र समृद्धि आयोजनाको साझेदारीमा संचालित आप्रवासी श्रोत केन्द्रले रौनियार सहितका ५ जनालाई नै उदार गर्ने प्रक्रिया अगाडी बढेको छ।

आप्रवासी श्रोत केन्द्रले(सिएमआईआर) संगको समन्वयमा छिटो भन्दा पनि छिटो रौनियार सहितका अलपत्र परेका नेपालीहरू नेपाल ल्याउनलाई प्रयास गरेको नगरपालिका श्रोत केन्द्रका सूचना अधिकृत प्रभात कुमार वर्माले जानकारी गराए ।

अलपत्र परेकाहरुलाई चाँडो भन्दा पनि चाँडो घर ल्याउन विभिन्न निकायहरुसंग पहल भईरहेको मेयर यादवले जानकारीे दिएका हुन । केही दिनभित्रै उनीहरुलाई आआफ्नो घर फर्काइने मेयर यादवले हिमालटाईम्स लाई बताएका छन ।