नागरिक सत्याग्रहलाई फोटोपत्रकार समूहको साथ, पीडित पत्रकारहरुको संयुक्त संघर्ष समिति गठन

everest kitchen

काठमाडौं । नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि नागरिक दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा विगत ४ दिन देखि आफ्नो श्रमको सम्मान र मासिक तलवको लागि निरन्तररुपमा झरीको प्रवाह नगरी पाँच दिने सत्याग्रह अभियानमा वसेका छन् । उनको अभियानमा राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजेले पनि ऐक्यबद्धता जनाएको छ ।

कोरोना प्रकोपको बेला पनि अग्रपंक्तिमा काम गरिरहेका पत्रकारले पाउदै आएको पारिश्रमिकमा कटौती देखि जागिरबाटै निकालिनु परेपछि पत्रकारहरुले सत्याग्रह गरेका हुन । पाँच दिने उक्त सत्याग्रहमा हौसला र सर्घषको लागि साथ दिनका लागि भन्दै राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तको नेतृत्वमा केन्द्रिय कमिटिका सम्पूर्ण साथीहरु साथै संस्थाका पूर्व अध्यक्ष कविन्द्रमान साक्य लगायतको समुहले ऐकेवद्धताका लागि उपस्थित जनाएको छ । उक्त कार्यक्रममा सम्पूर्ण फोटोपत्रकारहरुले क्यामेरा डाउन पनि गरेका थिए ।

सत्याग्रहमा सहभागी एनएफपीजेका महासचिव समेत रहेका फोटोपत्रकार प्रदिपराज वन्तले उक्त कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा “पत्रकार मात्र होइन यो कोभिडको क्रममा सधै अग्रपङ्तीमा रहेर आफ्नो ज्यानको वाजी लगायर फोटोपत्रकारिता गर्ने हाम्रा कतिपय फोटोपत्रकार साथीहरु पनि ठुला भनाउदा मिडियावाट मासिक तलव नपाउने काम गरेर पनि आधी तलव थाप्न वाध्य पार्ने र फोटोपत्रकार क्लवका अध्यक्ष नै यसको चपेटामा परेकाले हामी पनि निरन्तर आन्तरिक संर्घषमा दिनहरु विताउनु पर्ने भएकाले नै यस सर्घषको कार्यक्रममा हाम्रो फोटोपत्रकारको पनि आवाजहरु अगाडी आवास भनेर नै साथ दिन आएका हौं, उनलेे भने ।

वन्तका अनुसार आगामी दिनमा मिडिया मालीकहरुद्धारा पत्रकार तथा फोटोपत्रकारहरुको श्रमको मु्ल्य र हकहितकोे लागि दवाद दिन जुनसुुकै सर्घषका कार्यक्रमहरुमा एकतावद्ध भएर अगाडी वढ्नको लागि अभियानमा साथ दिन आफ्नो समुह आएको र आगामी अभियानमा पनि साथ रहने बताए ।

कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघका पूर्व सचिव धमेन्द्र कर्णको नेतृत्वमा २५ सदसीय ’सञ्चारगृहका पीडित पत्रकार र कर्मचारी संयुक्त संघर्ष समिति’ गठन गरिएको छ । जसमा अन्नपूर्ण दैनिकबाट पीडित बिकास कार्की सह(संयोजक रहेको सो संघर्ष समितिका सदस्यहरुमा कान्तिपुर, अन्नपूर्ण, कारोबार, नागरिक दैनिक तथा एभिन्युज, माउन्टेन टिभी र नेपाल आजलगायतका मिडिया हासहरुबाट पीडित पत्रकार तथा कर्मचारीहरु रहेका छन् ।

साथै सो सत्याग्रह आन्दोलनको समग्र नेतृत्व गरिरहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले पनि पत्रकारहरुको हकहितको लागि भोलीका दिनमा जस्तो सुकै कदम चाल्न पत्रकार महासंघ दृढरहेको वताएका छन् । अब सबै मिडिया हाउसका पीडित पत्रकार, कर्मचारी मिलेर समग्र आन्दोलन थालिने उनलेे बताए । जैसीका अनुसार महासंघको अनुगमनबाट कोरोनाको महामारी र बन्दाबन्दीले दश प्रतिशत पत्रकार बेरोजगार भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार नौ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि तलब पाउन नसकेको अध्ययनले देखाएको हो । कोरोना महामारी तथा बन्दाबन्दीले पारेको असरका कारण दुईतिहाई पत्रकारलाई आफ्नो दैनिक घरखर्च चलाउनमा समस्या परेको छ । आम्दानीमा कमी भएका कारण नियमित पारिश्रामिक भुक्तानी गर्न नसक्ने सञ्चारगृहको सङ्ख्या करिब १४ प्रतिशत छ । तीमध्ये धेरैले बन्दाबन्दी लागू भएदेखि नै तलब भुक्तानी गर्न सकेका छैनन् ।

त्यस्तै, तीन प्रतिशतभन्दा बढी सञ्चारगृहले खर्च व्यवस्थापनका लागि कर्मचारी कटौती गरेका छन् भने करिब सात प्रतिशतले आफ्ना कर्मचारीको तलब कटौती गरेको प्रतिवेदनमा छ । २०७७ असोज ४ गते आइतबार सर्वोच्च अदालतले श्रमजीवी पत्रकार ऐनअनुसार ठूला सञ्चार गृहले कल्याणकारी कोष खडा गर्ने सम्बन्धमा भएको प्रगति विवरण प्रत्येक दुई महिनामा बुझाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।