ती केटी : बन्दना घिमिरे

बन्दना घिमिरे

लघुकथा : ती केटी

बन्दना घिमिरे

गैर सरकारी संस्थामा काम गर्थेँ , म ! काजले गर्दा घर छाडेर बाहिर हिडिरहनु पर्थ्यो । सधैँझैं यसपाली पनि श्रीमानलाई घर- ब्यवहार छाेराछाेरी जिम्मा लगाएर निस्किएँ । २ हप्तापछि घर फर्किदै थिएँ । बसमा १९/२० बर्षकी केटी , काखमा सानो बच्चा र झाेला च्यापेर बसमा चढिन् । बसमा भिड थियाे । बच्चालाई मैले काखमा राखेँ । छेउको सिट अर्को स्टपमै खाली भयो । उनी संगै बसिन् ।

मलाई उनको माया लाग्यो अनि सोधेँ , “बहिनी कसकाे बच्चा ? कहाँसम्म जाने हाे ?” “मेराे अाफ्नै बच्चा हाे, दिदीकाे मा जाने” घर,माइती साेधेपछि उनले भनिन् ” बुबा म सानै हुँदा बित्नुभएकाे रे ! मलाई संम्झनानै भएन । अामाले अर्को व्यवहार गर्नु भएकाे छ । मैले पनि परार अाफैले मन पराएर बिबाह गरेँ । यी छाेरी जन्मेकाे ५ महिनामा यिनको बाबा पनि बाईक दुर्घटनामा बित्नुभयाे । घरमा बस्न सक्ने अवस्था भएन र दिदीकाे घरमा शरण लिन हिँडेँ । ´´

एक मनले भन्यो, अाफ्नै घरमा शरण दिऊँ कि ? छिनभरमै मन सशंकित भयो , के भन्लान् , घरकाले ? “उनी सलले टाउको छाेपेर बच्चालाई दूध खुवाउन लागिन् ।म भने झ्यालबाट बाहिर हेरिरहेँ । मनभरि के के तर्कनाहरू खेलिरहेँ । २ घण्टा जतिकाे यात्रा पछि म अोर्लिएँ ।

यात्राकाे थकान र ती बहिनीकाे अवस्थाप्रतिको चिन्तनले टाउकाे पडकेला जसरी दुखिरहेकाे थियाे । घर पुगेँ। सबै खुसी भए। मेरो अवस्था देखेर ,” बसमा बान्ता भयाे ?”-श्रीमानले साेध्नुभयाे ? “भएन । छोटो उत्तर दिएँ । लामो बोल्न मन भएन । सबै आआफ्नो नियमित काममा लाग्यौँ। रातिको खाना खायौँ । निन्द्रा पटक्कै लागेन । श्रीमान् ले बारम्बार `के भयो ? ‘भनेर सोधिरहनु भयो । ती केटीको बारेमा सबै भनेँ । अलि हल्का महसुस भयो । “के गर्लिन ती केटी ? कहाँ जालिन् ? दिदीकाे घरमा तिनलाई साहारा मिल्ला ? तर कतिदिन ? महिना या बर्ष ?

मलाई चिन्तामा देखेर उहाँले भन्नुभयो , ” त्यस्तै हाे याे संसारमा सबै सुखी कहाँ छन् र ? बरू ती केटीलाई यतै लिएर अाउनु पर्थ्याे नि ! तिमीलाई काममा हिडिरहनु पर्छ । बिचरीकाे समस्या पनि समाधान हुन्थ्यो अनि मलाई साथी पनि ।” मनले भन्यो, “धन्य छ ईश्वर ! कसो मैले ती केटीलाई घरमै ल्याइन ?”

गठ्ठाघर, भक्तपुर