नेपालमा पहिलोपटक संक्रमित महिलाले बच्चा जन्माईन

everest kitchen

काठमाडौं । पोखरामा पहिलोपटक कोरोना संक्रमित गर्भवतीले अप्रेसनमार्फत बच्चा जन्माएकी छिन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भारतको मोतीहारी घर भएकी २४ वर्षीय गर्भवतीले बुधबार दिउँसो अप्रेसन मार्फत बच्चा जन्माएकी हुन ।

असोज ६ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा कोरोना संक्रमणको आशंकामा स्वाब परिक्षण गरिएको थियो। संक्रमण देखिएपछि गर्भवती महिलालाई कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा भर्ना गरिएको थियो । कोरोना उपचारसंगै सुत्केरी व्यथा लागेकी उनलाई आवश्यकता अनुसार अप्रेसन गरिएको अप्रेसनमा संलग्न डा. रोहिणी सिग्देलले जानकारी दिए ।

नेपालमा सुत्केरी महिलालाई कोरोना संक्रमण देखिएपनि गर्भवती अवस्थामै कोरोना पुष्टि भएर बच्चा जन्माउने उनी पहिलो महिला हुन्। अहिले बच्चाको आइसियुमा उपचार भइरहेको छ भने आमाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अप्रेसन गर्दा स्वास्थ्यकर्मीले पिपिई लगाएर स्वास्थ्य सावधानीसहित अप्रेसन गरिएको थियो ।