कोठा पाउन असहज भएपछि टोलटोलमा दृष्टिबिहिनहरु

everest kitchen
भक्तपुर स्थित एक टोलमा गीत गाउँदै दृष्टिबिहिन

विपेन उलङगे

काठमाडौं । कोठा पाउन असहज भएपछि टोलटोलमा दृष्टिबिहिनहरु सहयोग माग्दै हिडेका छन् । दृष्टिबिहिन भएकै कारण काठमाडौं उपत्यका घरबेटीहरुले सहजै कोठा नदिने, दिएपनि अनेकन समस्या उत्पन्न गरेर घर बाट निकालिनु परेको दृष्टिबिहिनहरुको गुनासो रहेको छ ।

घरबेटीले सहजै कोठा नदिने समस्या भएपछि जग्गा भाडामा लियर आफै टहरा बनाउने योजनामा काठमाडौं उपत्यका टोलटोलमा गीत गाएर सहयोग उठाउदै हिडेको नेपाल दृष्टिबिहिन सांगीतिक समुहका स्वयंसेवक उमेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नेपाल दृष्टिबिहिन सांगीतिक समुहले कोरोना प्रकोपलाई ध्यानमा राखेर भिडभाड कम हुने गरि टोलटोलमा गएर गीत गाउने र सहयोग उठाउने गरेको बताए ।

काठमाडौंको नारायणटारबाट भक्तपुरको ठिमीसम्म पुगेर सहयोग संकलन गर्दै हिडेको उक्त समुहले छिट्टै टहरा बनाउने योजना रहेको बताएको छ । समुहका अनुसार अहिलेसम्म खालि जग्गा नमिलेको र कहिकतै त्यस्तो जग्गा भएमा भाडामा उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।

दृष्टिबिहिनको उक्त समुहलाई सहयोग गर्दै हिडेका स्वयंसेवक उमेश कुमार श्रेष्ठले दृष्टिबिहीनहरुको टहरा बनाउन आर्थिक सहयोग गर्न चाहानेले सहयोग गर्न आग्रह गरेका छन् । त्यस्तै उनले कतै सस्तो र सहज रुपमा कतै भाडामा जग्गा उपलब्ध भए सहयोग गर्न आग्रह गरेका छन् । साथै नेपाल दृष्ढिधिहिन सांगेतिक समुहले सहयोग गर्न चाहानेले ९८१८०५७५२१ नम्बरमा सहयोग गर्न अनुरोध गरेको छ ।