क्यान्सरबाट निधन भएकी मुसाहङको परिवारलाई आर्थिक सहयोग

everest kitchen

धरान । ब्लडक्यान्सरबाट मृत्यु भएकी १३ वर्षीय जुना मुसाहङको श्रद्धाञ्जली कार्यक्रमसँगै उनको उपचारार्थ जुटेको रकम परिवारलाई हस्तान्तरण भएको छ  । विसं २०६४ असोज २५ मा तेह्रथुम जलजलेमा जन्मिएकी जुनाका गत चैत्र ५ गते चितवनको क्यान्सर अस्पतालमा निधन भएको थियो ।

उनको लागि फेदाप समाज कोरियाको पहलमा जम्मा भएको २ लाख २० हजार, युवा समाजसेवी सन्जय मुसाहङको पहलमा संकलन भएको ७५ हजार, याक्थुङ सिङ्गक फाउन्डेसनको पहलमा संकलन भएको ९० हजार गरि जम्मा ३ लाख ८५ हजार संकलन भएको थियो । उपचारकै क्रममा ५० हजार रेमिट्यान्समार्फत उपलब्ध गराइएको र २ लाख ५ हजार नानी दिवङ्गत भएकै बेला चितवन मै पठाइएको थियो ।

कोभिड १९ का कारण हस्तान्तरण कार्यक्रम गर्न रोकिएकोले बाकी रहेको १ लाख १५ हजार बिहिबार धरान सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरी स्वर्गीय नानी जुना मुसाहाङका बुबा प्रेमकुमार मुसाहङलाई हस्तान्तरण गरिएको थियो । सहयोग रकम याक्थुङ सिङ्गक फाउन्डेसनका प्रतिनिधि र कलाकार, व्यावसायी तथा समाजसेवी रेखा फागो लिम्बुको हातबाट सहयोग हस्तान्तरण भएको थियो ।