समय : मान सिंह धामी

लघु कथा : समय

मान सिंह धामी

जमघटकाे अाकार भद्दा या अस्तव्यस्त र उत्तेजक देखिदैनथ्याे। सहभागीकाे सचेत उपस्थितिका कारण अनावश्यक संवेगले प्रभावित हुने अवस्था थिएन। भिक्षुहरुकाे गाेष्ठीझैँ मितभाषी वातावरण थियाे।

सहभागीकाे सुरक्षा व्यवस्था गच्छले भ्याए मुताविक
थियाे। निधार मात्र देखाउने या छाेप्न नपाउने उर्दिझैँ पालना गरेकाे दृश्य गुरु गम्भीर थियाे। हातका रेखा खुइलिने गरि धाेएर मात्र पन्जाभित्र घुस्रिएर रहेकाेले हस्तरेखाकाे पठनपाठन उन्मूलनसंगै चस्माभित्रका बन्द अाँखाका भाव लगायत मानिसका मुस्कान,ठुस्कानबाट उपलब्ध हुने संज्ञानबन्चित कचहरीमा मन खुलेनन् , मत माझिएनन्।

तर्कशीलहरुले शक्ति संघर्षकाे उपज विपदलाई प्रयाेजित रअनावश्यक भएकाे टिप्पणी गरे। कुतर्कीकाे गन्ति अावश्यक थिएन र हुनु पनि हुदैन। दुई जना बृद्धवयी महानुभाव केही वाेलेनन् । ती दुईलाई वितर्की मान्ने हाे भन्ने मौनतालाई सम्मतिकाे लक्षण मान्ने सुविधाअनुसार याे विपद समग्रमा रहस्य ठहर भयाे।रहस्य मानि सकेपछि ठीक वेठीक ,अावश्यक अनावश्यककाे लुताे चिलाउदैन।

कचहरीमा तेस्राे पक्ष पनि थियाे। ऊ मौन थिएन । ऊ गम्भीर पनि थिएन । पि पि ए पैरन बिना नै डुलिरहेकाे देखियाे। ऊ यस विपदाकाे पक्षमा किन थियाे ? किनभने ऊ समय थियाे। काेराेना उस्काे मित्रशक्ति थियाे। किनकि सन्तुलन मिलाउनु थियाे । मानिसकाे प्रश्न थिएन । व्यवस्था बचाउनु समयकाे पहिलाे अावश्यकता थियाे , किनकि ऊ सत्तापक्ष थियाे।

कैलाली, गेटा।