आफ्नो तलब भत्ताबाट जग्गा खरिद गरी वडाकार्यालयलाइ जग्गा दान

everest kitchen

काठमाडौं । सल्यान,बनगाड कुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीले दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका छन्। जग्गा कुनै सरकारी बजेटले नभई आफ्नो पारिश्रमिकबाट दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका हुन ।

स्वास्थ्य संस्था र कार्यालय लागि आवश्यक कहिकतै बाट पनि उपलव्ध नभएपछि वडाध्यक्ष पुरीले आफुले पाएको पारिश्रमिकबाट खलंगा सल्लीबजार सडकखण्डमा एक रोपनी जग्गा तीन लाख रूपैयाँमा खरिद गरी हस्तान्तरण गरेको बताएका छन् ।

जग्गा हस्तान्तरण गरेसँगै अहिल स्वास्थ्य संस्था र वडा कार्यालय भवन निर्माणको काम सुरू भएको छ। आफू सेवाकै लागि राजनीति गरेकोले कुनै स्वार्थ बिना जग्गा खरिद गरी स्वतः स्फुर्त रूपमा वडालाई जग्गा दान गरेको र यो आफ्नो कार्यकाल का लागि मात्रै नभई सधैं सबैलाई सहज हुने उनले बताए।