नेपाल सास्कृतिक संघ जिल्ला कार्यसमिती बझाङ्गको सचिबमा कैलाश बोहरा मनोनित

everest kitchen

समीर मल्ल

बझाङ । नेपाल सास्कृतिक संघ जिल्ला कार्यसमितिको असोज ८ गतेका दिन बझाङको सदरमुकाम चैनपुरमा बसेको बैठकले लामो समयदेखी रिक्त पदपूर्ति तथा समिती हेरफेर गरि नेपाल सास्कृतिक संघ जिल्ला कार्यसमितीको सचिबमा सर्बसम्मत मनोनित गरियको हो।

सुरिलो स्वरका धनी बोहरा लामो समय देखि प्रवासमा बसेर गितसङ्गित सङ्गै सामाजिक सेवामा निरन्तर लागि रहनो भयका उनले १ दर्जन बढी लोक देउडा एल्बम हरु बजारमा ल्याइ सकेका छन भने सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका केन्द्रिय कोषअध्यक्ष तथा नेपालि कलाकार संघ मलेसियाका अध्यक्ष पनि हुन

प्रबासमा संघर्ष गर्दै आउनो भयका मीठो स्वरका धनी बहुप्रतिभावान निडर स्वभाबका सधै सत्यको पक्षमा आवाज उठाउदै आउनो भयका बोहराको आगमनले नेपाल सास्कृतिक संघ जिल्ला कार्यसमिती बझाङ्ग लाई अगाडि बढ्न उर्जा मिलेको अध्यक्ष बिस्णुभक्त खैरले जानकारी दिनुभयो

उक्त बैठकमा नेपाल सास्कृतिक संघका केन्द्रिय सदस्य उमासंकर जोशी प्रमुख आथित्यमा समपन्न भयको अध्यक्ष खैरले जानकारी दिनुभयो