धनुटामा जनता समाजवादीको समायोजन

everest kitchen

धनकुटा । समाजवादी पार्टी नेपाल जिल्ला समन्वय धनकुटा र राष्ट्रिय जनता पार्टी जिल्ला समन्वय धनकुटाबिच समायोजित भई जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय धनकुटा निर्माण भएको छ ।

जसमा अध्यक्ष बलबहादुर राई, उपाध्यक्षहरु नगेन्द्र देवान, विकास घिमिरे र पार्वती राई, सचिव राम बहादुर रायमाझी, उपसचिव इन्द्र बहादुर रसाइली, उपसचिवहरु डम्बर बहादुर कटुवाल र नारायणजुन राई, कोषध्यक्ष सरोज आठपहरिया रहेका छन् ।

त्यसैगरी ७१ सदस्यसहित ८० जनाको समिति बनेको जनता समाजवादी पार्टीका नेता जेन्टल लावतीले जानकारी दिएका छन् । आवस्यकता अनुसार पार्टीलाई विस्तार र सुदृढ गर्दै लैजाने गरी समायोजन भएको उनले बताए ।