ओविसी पर्साकाे बैठक सम्पन्न, पाँच नयाँ सदस्य मनोनित

everest kitchen

कृष्ण गुप्ता

बिरगंज । अखिल नेपाल पिछडा वर्ग संग (ओबीसी) महासंघ पर्सा काे बैठक सम्पन्न भएको छ । अध्यक्ष अकलेश साहको अध्यक्षता एवं ओविसी महासंघका महासचिव तेजप्रकाश निषादको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले ५ जनालाई सदस्यमा मनोनित गर्दै सम्पन्न भएको हाे ।

बैठकले दिपेन्द्र साह,दिपेन्द्र सिंह पटेल, राजन कुमार कानु, धर्मनाथ कुशवाहा र बिनोद यादवलाई सदस्यमा मनोनित गरेको छ । त्यस्तै बैठकले राकेश साहलाई प्रेस संयोजकको जिम्मेवारी दिएको छ भने सरसफाई कार्यक्रम,संगठन बिस्तार र दशैंको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा उपाध्यक्ष धर्मेन्द्र पटेल, बिकाश पटेल, सह सचिव राजन साह, रुपेश कुमार रौनियार, नगर उपाध्यक्ष रामकुमार पटेल सिद्धार्थ गुप्ता, आकाश गुप्ता, प्रिन्स गुप्ता,बिनोद यादव राजन कुमार कानु, दिपेन्द्र सिंह पटेल लगायतको सहभागिता रहेको थियो ।