प्रधानमन्त्रीकी निजी चिकित्सक शाहलाई कोरोना संक्रमण पुष्टि

everest kitchen

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन समेत रहेकी डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई शनिबार कोरोना पोजिटिभ को नतिजा आएको हो ।

शनिबार पोजेटिभ रिपोर्ट आएको र होम आइसोलेसनमा बसेको उनले बताइन् । शाहका अनुसार उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छैनन् । त्यसैले ओली कन्ट्याक टेरेसिङमा पर्दैनन् ।

अस्ति मलाई सन्चो जस्तो भएन । हिजो (शुक्रबार) परीक्षण गराउँदा कोभिड पोजिटिभ देखियो,’ होम आइसोलेसनमा रहेकी उनले भनिन्, ‘अहिले अवस्था सामान्य छ । जिउ थाक्ने समस्याचाहिँ हुने रहेछ ।’