प्रधानमन्त्री ओलीले छिट्टै मन्त्रिपरिषद पुनर्गठन गर्ने

everest kitchen

 

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल भएको छ। आईतबार अध्यक्षद्वय काे बालुवाटार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्नेबारे छलफल भएको स्रोतले बतायो। ‘उहाँहरूबीच मन्त्रिपरिषद पुनर्गठनलाई आजैभोलिमा टुंगो लगाउने गरी छलफल भएको छ,’ प्रधानमन्त्री निकट स्रोतले सेतोपाटीसँग भन्यो,’दुई अध्यक्षको छलफलका आधारमा प्रधानमन्त्रीले निर्णय लिनुहुन्छ होला।’

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रालय टुक्र्याएर भएपनि केही मन्त्रीहरु थप्ने योजनामा रहेकाे भुझिएको छ । त्यस्तै ओलीले केही पुराना मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियोक्ती गर्ने गरि पनि तयारि थालेको बताएको छ । कसलाई हटाएर कसलाई नियोक्ति गर्ने भन्ने बारे पनि गोप्य राखिएको छ ।