सापटी : सबिता के. सी.

सबिता के. सी.

लघुकथा : सापटी

सबिता के. सी.

शैलेस डिग्रीकाे प्रमाणपत्र लिएर जागिरकाे खाेजि भ्रमणमा निस्केकाे धेरै भयाे । लाेकसेवामा समेत नातावाद र कृपावादकाे समाचार अाउन थालेपछि उसले मन मार्‍यो। ठूलो रकम खर्च गरेर ठुलै देश जाने उसको हैसियत थिएन। ड्राइभिङ सिकेको थियो। तसर्थ उसले वैदेशिक राेजगारमा दुबई राेज्याे । ऊ दुबई जाने पक्का भयाे । तर शैलेससित रकमको अभाव थियो।

तसर्थ अाफ्नाे समस्या सुल्झाउन उसले टाढाका देवता नजिककाे भूत भन्ने युक्तिलाई आत्मसाथ गर्दै गाउँदेखि सहर पुगेर ब्यापार गरेका आफ्नै छिमेकि घनश्याम कहाँ पुग्याे र आफ्नो कथाब्यथा बतायो । घनश्याम शहरमा व्यापार गरी धनवाल कहलाएका थिए । साँवाब्याज सहित शैलेसले उसकाे पैसा फिर्ता गर्ने कुरामा उसलाई विश्वास भएन । उनले आफूसँग पैसा नभएको बहाना बनाएर फर्काइदिए ।
शैलेसले अरु सँगै सापटी लिएर अाफ्नाे गन्तव्यमा पुगेरै छाड्याे ।

उसको मिहेनत , काम प्रतिको लगावले कम्पनी मालिकले निकै रुचाए। पदोन्नति गर्दै आकर्षक तलव समेत दिए।
पाँच वर्षपछि फर्किदा उसले राम्रै आम्दानी गरिसकेको थियो। अब उसलाई पनि स्वदेश मै पुगेर केही गरौँ भनेर स्वदेश फर्कन लागेकै बेला कोरोना आतङ्कले चारैतिर चपेटामा लिन लागिसकेको थियो।

हेर्दाहेर्दै आफ्नो जमेको व्यापार तहसनहस हुँदै गएको देखेर घनश्याम अत्तालिन थालेका थिए। ठूलो रकम खर्च गरेर अमेरिका पठाएका दुइभाइ छोरा उतै अलपत्र परेका थिए। उनीहरुको गाँस बासको कुनै ठेकान नै थिएन । शैलेश आएको छ अरे! भन्ने सुनेर घनश्याम उसको घर पुगेर आफुलाई ५ लाख सापट दिन अनुरोध गरे ।

सैलेशले चलनचल्ती भन्दा पनि कम ब्याजमा कागजात बनाएर रकम हस्तान्तरण गर्दै भने, लिनुस दाइ, अहिले मलाइ हतार छ। यो डेढ तोलाको सुनको सिक्री उपहार दिन जानुछ।जसले मलाई दुबई जाँदा निर्ब्याजे एक लाख ॠण सापटी हालिदिएका थिए।