लेष्टर युनाइटेडसँग म्यान्चेस्टर सिटी ५-२ गोल अन्तरले पराजित

everest kitchen

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लेष्टर युनाइटेडसँग पराजित भएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लेष्टरले ५–२ गोल अन्तरको शानदार जीत हात पारेको हो ।

लेष्टरको जीतमा जमिइ भार्डीले ह्याट्रिक पुरा गरे भने जेम्स माडिसन र योरी ताइलेम्यान्सले समान एक एक गोल गरे भने दुई गोल फर्काएको सिटीका लागि रियाद महरेज र नाथन आकेले समान एक–एक गोल गरे ।

सिटीले रफ खेल खेल्दा लेष्टरलाई फाइदा भएको खेलमा भार्डिले पेनाल्टीमार्फत् नै दुई गोल गरे । उनले ३७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै, दोस्रो गोल ५३ औं मिनेटमा गरे भने ५८ औं मिनेटमा टीमले पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

यस्तै, लेष्टरका लागि माडिसनले ७७ औं मिनेटमा र ताइलेम्यान्सले ८८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । यता, सिटीले भने महरेजले खेलको ४ औं मिनेटमा गोल गर्दा पनि अग्रता जोगाउन नसक्दा हार व्येहोर्न पुगेको छ । सिटीका लागि दोस्रो गोल नाथन आकेले ८४ औं मिनेटमा गर्दै फर्काएको थियो । तीन खेल खेलेको लेष्टर सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ भने पराजित दुई खेलमा एक खेलमात्रै जितेको छ ।