महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित बाटिका तथा अमर प्रहरी स्मारक उद्‍घाटन

everest kitchen

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित बाटिका तथा अमर प्रहरी स्मारकको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन भएछ । उक्त बाटिका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उद्घाटन गरेका हुन ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले बाटिका तथा अमर प्रहरी स्मारक निर्माण कार्यमा विशेष योगदान पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र तथा निर्माण कार्यमा सहयोग पुर्‍याउने प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरेका थिए । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै एकअर्काको अपेक्षा अनुसार दायित्व निर्वाह गर्नुपर्ने बताए ।

प्रहरी र नागरिक एकआपसमा साझेदारी गर्दै कानुन तथा सरकारले अख्तियार गरेको नीति निर्देशनको पालना गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेक प्रसाद राईले स्वागत मन्तव्य व्यक्त राखेका थिए भने कार्यक्रममा सोही परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले धन्यवाद ज्ञापन गरेका थिए । (नेपाल प्रहरी )