परदेशीको समाचार’ बोलको दशैं गीत सार्वजनिक ( भिडियो )

everest kitchen

काठमाडौं । हिन्दु नेपालीहरुको महान् पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत “परदेशिको समाचार” सार्वजनिक भएको छ ।

गीतकार नवीन पन्तको शब्द रहेको उक्त गीतमा शान्ती श्री परियार , रमन रायमाझीको स्वरमा भरेका छन् । “परदेशिको समाचार गीत दशैँ तिहारलाई मध्यनजर गरि सार्वजनिक गरिएको गीतमा सिद्धान्त परियारले लय भरेका छन् । गीतको म्युजिक भिडियो पिके इन्टरटेनमेन्टको प्रस्तुतीमा रहेकोको सोमबार सार्वजनिक गरिएको हो ।

त्यस्तै , गीतको म्युजिक भिडियोलाई नरेश सिंह चैरिसको छायांकन र मनिस कार्कीको सम्पादन गरेका छन् ।
गीतमा लक्ष्मण चौलागाईं, नवीन पन्त,कसिस दाहाल, सुनिता गौतम, करण,अनिसको उत्कृष्ट अभिनय देख्न सकिन्छ । रोनिस तामाङले ड्रोन खिचेका हुन् भने उर्मिला लामाले मेकअपमा साथ दिएकी छिन् । भिडियो लाई फुर्सद टाइम नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।