गाउँपालिकाका सम्पुर्ण वडा कार्यालयमा करार कर्मचारीको तालाबन्दी

सल्यान । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् ।

तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ ।
करार कर्मचारी सङ्घर्ष समितिका संयोजक दिलीप बोहराले भने “हामीले हाम्रा मागको सुनुवाई गर्नका लागि पटक पटक सम्बन्धित निकायसमक्ष कुरा पुर्याएका छौँ । ती निकायबाट हाम्रो मागको सुनुवाई नभएपछि बाध्यभएर तालाबन्दी गरेका हौ ।”

गाउँपालिका अध्यक्ष सन्तोष केसीले गाउँपालिकाले आवश्यकताका आधारमा करारमा कर्मचारी नियुक्त गरिएकोले नहटाउने जानकारी दिए । प्रक्रियागत रुपमा करार कर्मचारीको आवश्यकता अनुसार सेवा अबधि थपिन सक्ने उनले बताए । रासस