कविता : आमा म डाक्टर बन्दिन-नि, है !
पुरस्कार सापकोटा,
म दुखि गरिब को सेवा त गर्न चाहन्छु,
तर मलाई अरुले “पागल” भनेको मन पर्दैन !
आमा म डाक्टर बन्दिन-नि, है !!
जब सम्म रोगि र असहाय को सहारा बन्न सक्छु,
मलाइ खालि खुट्टा हिड्न गारो लाग्दैन,
तर मलाई अरुले “बहुला” भनेको मन पर्दैन !
आमा म डाक्टर बन्दिन-नि, है !!
जब सम्म मेरो सास रहन्छ,
म असमानता र विसंगती को बिरुद्ध मा उत्रिन सक्छु,
तर मलाई सडकमा लछार पछार पारेको मन पर्दैन !
आमा म डाक्टर बन्दिन-नि, है !!
जब सम्म मलाई आत्मा-मा शान्ति मिल्छ,
सानो कोठा मा जीवन गुजार्न गार्हो लाग्दैन,
तर मलाई रोगि का मृगौला बेचेर मेरो महल बनाउनु छैन !
आमा म डाक्टर बन्दिन-नि, है !!
आमा, यी सबै पनि सहुँला भनेर सोच्दै थिएँ,
तर स्वास्थ्य शिक्षा त माफिया ले चलाउने रहेछन,
मैले भर्ना पाइन आमा, मैले भर्ना पाइन !
आमा म डाक्टर नबन्ने भएँ है !!
हाल : लन्डन युके